काठमाडौं– बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ। आइतवार (आज) जिल्ला सरकारी वकिलको कार्यालायमा महराको बयान शुरु भएको हो।
पक्राउ परेका महराको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। जसका कारण उनको वयान हुन सकेको थिएन। आज सरकारी वकिलको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान शुरु भएको हो। यसअघि महारा वायन दिन तयार भएका थिएनन्। महराको वयान नसकिएको हुनाले उनलाई थप हिरासतमा राख्न अदालतको अनुमति माग गर्ने तयारी गरिएको छ।
सरकारी वकिलले अनुसन्धानका लागि समय नपुग्ने भएको भन्दै महराको म्याद थपको माग गर्ने तयारी गरेका छन्। पुनः म्याद थप गर्ने प्रकृयाका लागि महरालाई प्रहरीले आइतवार विहान ११ बजे सरकारी वकिलको कार्यालयमा लगेको छ। सरकारी वकिलको कार्यालयमा वयान सकिएपछि पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ।
गत असोज २८ गते काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।