काठमाडौं– आफुले गरेको अपराध लुकाउन स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला अदालतमा बयान दिन तयार भएका छन्।
असोज २६ गते प्रहरीले आलमलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ गरेको थियो।
पहिलो पटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन तयार भएका थिएनन्। दोस्रोचोटी स्वास्थ्य बिग्रिएको भन्दै उनले बयान दिएका थिएनन्। अब आइतबार उनलाई तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ। जिल्ला अदालत स्रोतको अनुसार उनले यसपटक भने बयान दिने बताएका छन्।