काठमाडौ–नौबिसे नागढुंगा सडकखण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले यातायातका साधन एकतर्फी सञ्चालन गरिएको छ।
धादिङको धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घर सडक खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले एकतर्फी गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइने प्रहरीको भनाइ छ।