काठमाडौं– मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने भएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो।
कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। आयोगका अनुसार दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि उम्मेदवारहरुलाई २५ गते चुनाव चिन्ह प्रदान गरिने छ।
आयोगले कात्तिक २७ गते धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रित्त पदहरुको उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ।