तेह्रथुम–तेह्रथुममा तमोर नदीले बगाएर एक वृद्ध बेपत्ता भएका छन्। तेह्रथुमको फेदाप गाउँपालिका–१ माझीगाउँ बस्ने ६४ वर्षीय वीरबहादुर माझी तमोर नदीले बगाएर बेपत्ता भएका हुन्।
बिहीबार दिउँसो २ बजे तमोर नदिको बीचमा रहेको बाँस निकाल्न जाने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका थिए। बेपत्ता भएका माझीको प्रहरी चौकी पोक्लाबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाकारी दिएको छ।