सुनसरी–सुनसरीमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका–२ का ५२ वर्षीय थुवा भनिने भुमीसुधार माझीको घरमा आगलागीमा परी मृत्यु भएको हो।
टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान राति १ बजेको समयमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
घटनास्थलमा थप अनुसन्धानको लागि इलाका प्रहरी दुहवीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ।