मोरङ– विराटनगरबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१५ बाट लागूऔषधसहित २६ वर्षीय अमन मुखिया पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका सोलुखुम्बु नेले घर भइ इटहरी उपमहानगरपालिका–४ बस्ने मुखियालाई पक्राउ गरेको हो।
चेकजाँच गर्ने क्रममा मुखियाको साथबाट डाईजेल्याव ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारागन ९ एम्पुल बरामद भएको थियो।
लागूऔषधसहित पक्राउ परेका मुखियालाई इलाका प्रहरी रानीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।