काठमाडौ–अर्थ मन्त्रालयले लामो समयदेखि अपूर्ण रहेका जीर्ण आयोजनाको विवरण संकलन सुरु गरेको छ। चालु आर्थिक वर्षको बजेटमा यस्ता आयोजना कार्यान्वयन कार्यक्रमका लागि अतिरिक्त बजेट छुट्याइएको थियो।
विभिन्न मन्त्रालय, प्रदेश तथा संघलाई मातहत रहेका अधुरा आयोजनाको विवरण पठाउन आग्रह गरिएको र आउने क्रम सुरु भएको मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै अधुरा आयोजना पुल र सडक रहेकोले यस प्रति ध्यान दिई निमार्ण कार्य अगाडी बड्ने जानकारी दिएका छन्।
रासस