चितवन–भरतपुर धानमा बाला नलागेपछि किसानले हरियो बोट काट्न थालेका छन्। धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन्।
जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन्। लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताए। उनले भने, ‘धेरै कुर्यौं तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौँ।’ यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उनले जानकारी दिएका छन्।
कृषि ज्ञान केन्द्र भन्छ– बाला नलागेको बारे अनुसन्धान गर्दैछौं।
रासस