काठमाडौँ, ११ माघ -नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरविपरीत सामान विक्रीवितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ।
विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपीजी भल्ब मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिन्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले कारवाही गरिएको जानकारी दिए।
विभागले उक्त एलपीजी बोटलिङ प्लान्टलाई कारोबार रोक्का गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।(रासस)