पाल्पा– लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ।
गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जनाएको छ।
त्यसपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको हो। सुत्केरी आमाको त्यही अस्पतालमा उपचार भइरहेको छ। घटटनाको विषयमा पाल्पाको प्रभासस्थित प्रहरी चौकीले अनुसन्धान गरिरहेको जनाएको छ।