चितवन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नेकपाको चितवन जिल्ला समितिद्धारा आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशभरिका प्रतिगामीहरुको खेल्ने ठाउँका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको बताए।
प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टी्भित्रकै केही तत्वहरुले जानी अन्जानी साथ दिएको पनि उनले जनाए। उनले प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्ने र आक्रमणको योजना बनाउने टिपप्णी गरे। उनले थपे धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ।
रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयसँगतर्फ संकेत गर्दै प्रचण्डले यसो भनेका हुन्।
पछिल्लो समयमा कम्युनिष्ट आर्दश स्खलित बनेको पनि उनले टिप्पणी गरे। रुसी कम्युनिष्ट पार्टीको पतनको सन्र्दभमा अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफै भित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनुहुँदैन।’ नेकपा बिग्रयो भनेर आत्तिनु नपर्ने उनको भनाई छ।