दाङ – विप्लवका दाइसहित २१ नेता दाङबाट पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमान्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेतालाई पक्राउ गरेको हो।
यसैगरी राप्ति व्युरो प्रमुख चेतबहादुर वाठा पनि पक्राउ परेको उच्च स्रोतले जनाएको छ। उनीहरुलाई राजपुर गाउँपालिका–४ मुङ्रेटाखोलाबाट पक्राउ गरेको जनाइएको छ।
पार्टीको राप्ति ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको विप्लव नेताले बताएका छन्। बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य एवम् कमाण्ड ईन्चार्ज विरंजग, राप्ती ब्यूरो ईन्चार्ज सुवास, युवा संगठनका अध्यक्ष पाटनसहित २१ नेता पक्राउ परेको उनीहरुले बताएका छन्।