काठमाडौ– साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अलअखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो। बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन्।
घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ।