मोरङ — अबैध दुई लाखसहित भारतीय नागरिक पक्राउ परेका छन्। प्रतिबन्धित भारतीय नोट लिएर विराटनगरबाट काठमाडौं जाने क्रममा भारतीय नागरिक आशुतोष सोनीलाई पाँच सय दरको नोटसहित पक्राउ गरेको हो।
मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजकुमार खिउँजुका अनुसार पक्राउ परेका सोनीबाट दुई लाख रुपैया पाँच सय दरका नोट थिए।जुन नेपालमा प्रतिबन्धित रहेको छ।
प्रहरीका अनुसार सोनी भारतको बनारसस्थित जेजे प्लाष्टिक उद्योगका कर्मचारी हुन्। उनमाथि शंका लागेर प्रहरीले रानीमा चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो। पक्राउ परेसंगै सोनीले बाटो खर्चका लागि रकम बोकेको बताएका छन्।
बरामद भएको रकमसहित पक्राउ परेका सोनीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ।