एजेन्सी, टोकियो — जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ भने अझै १५ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ।
दशकौंपछि आएको हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। मध्य र पूर्वी जापानमा २ सय भन्दा बढी घाईते समेत भएका थिए।
जापानको फुकुशिमा सबै भन्दा बढीको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। त्यस क्षेत्रमा मात्रै २५ जनाको मृत्यु भएको हो। जापानमा आँधीपछि बाढी र भारी वर्षात समेत भएको थियो। उक्त आँधी हालैका वर्षहरुका तुलनामा निकै शक्तिशाली आँधी हो।
यो आँधी प्रतिघण्टा दुई सय १६ किलोमिटरभन्दा बढीको वेगमा थियो।उद्दारकर्मीहरुले निरन्तर रुपमा वेपत्ताको खोजी कार्य जारी राखेका छन्। उनीहरुले एक–एक घर गई उद्दार कार्य गरिरहेका छन्। कम्तीमा पनि एक लाख ३३ हजार घरहरु खानेपानीविहीन र २२ हजार घरहरु विजुलीविहीन भएका छन्।