काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन्।
दश वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका हुन्।
कप्तान खड्काले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन्।
उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन्।