सुर्खेत _ वीरेन्द्रनगरमा रहेको गंगामाला पाउरोटी उद्योगमा सिलवन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले उद्योगमा सिलवन्दी गरेको हो।
पाउरोटी उद्योग मापदण्ड विपरीत सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको हो। अनुगमनका क्रममा उद्योगको भान्सामा अत्यधिक फाहोर भएको पाइएको थियो।
कामदारहरुको पोशाक, खाद्य सामाग्रीमा लेबलिङ्गको अभावलगायत खाद्य सामाग्रीलाई असुरक्षित तरिकाले राखिएको भेटिएपछि उद्योगमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत उत्तम शर्माले जानकारी दिए।
उनले भने, ‘हामीले पटक–पटक कमजोरी सुधार्न चेतावनी दिएका थियौं। तरपनि बेवास्ता गरिएपछि उद्योगमा सिल गरिएको हो।’