काठमाडौं — गौरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ महाधिवेशन भोलिदेखी सुरु हुने भएको छ। संघको नेतृत्वको लागि चुनावी मैदानमा कुमार पन्त र कुल आचार्य बिच भिडन्त हुनेछ।
साथै अध्यक्षका उम्मेदवार आचार्यले आज पत्रकार सम्मेलन गरेर आफ्नो प्यानल समेत घोषणा गरेका छन्। त्यसैगरी उनको प्यानलबाट उपाध्यक्षमा अमेरिका निवासी डा. केशव पौडेल, कतार निवासी नरेन्द्र भाट, अष्ट्रेलिया निवासी मन केसी र अमेरिका निवासी रविना थापा छन्।
त्यस्तै, महासचिवमा बेल्जियम निवासी जानकी गुरुङ र कोषाध्यक्षमा बेलायत निवासी सोम सापकोटा उम्मेदवार बनेका छन्।