जनकपुरधाम– संघीय संसदका १ जना सांसदले जहाज ढिला आएको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रहेका प्रमाेद कुमार साहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन्। बिहान ११ः४० बजे आउने भनिएको जहाज दिउँसो १ः३० बजेसम्म पनि नआएको भन्दै साहले बुद्ध एयरको काउन्ट तोडफोड गरेका हुन्।
उपचारका लागि जहाजमार्फत काठमाडौं लैजानुपर्ने बिरामीलाई जहाज आउन ढिलाइ हुँदा समस्या बढ्न थालेपछि आफूले बुद्ध एयरको काउन्टरका कर्मचारीसँग आक्रोश पोखेको साहले बताए।
बुद्ध एयरले काउन्टर तोडफोड गरेपछि साहलाई जहाज प्रवेशमा निषेध लगाएको थियो। तर, पछि प्रमुख जिल्ला अधिकारीको पहलमा साहले बुद्ध एयरको विमानमार्फत नै काठमाडौं उड्न पाएका थिए।