काठमाडौं– बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्।
राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन्। उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्ने्छिन्।
राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन्। परराष्ट्र मन्त्रालयको अनुसार उनले यंगुनको ऐतिहासिक स्थानहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रपति भण्डारीको भ्रमण दलमा सहभागी हुनेछन्।