मोतीहारी– एक महिनाको अवधिमा अमलेखगञ्ज पाइपलाइनबाट करिब साढे चार करोड लिटर डिजेल आयात भएको छ।
भदौ २४ गते नेपाल तथा भारतका प्रधानमन्त्रीबाट मोतीहारी– अमलेखगञ्ज पाइपलाइनको उद्घाटनपछि असोज २७ गतेसम्म ४ करोड २७ लाख ८७ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जनाएकाे छ।
भैरहवा, पोखरा, थानकोट, विराटनगर लगायतका डिपोमा माग गरे बमोजिमको डिजेल उपलब्ध गराउँदै आएको निगमले बताएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेशनको डिपो तथा बरौनी, बैतलापुर, मुगलसराई, गोडा लगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको छ।
पाइपलाइनबाट आएको डिजल सुरक्षितका साथै परिमाण र गुणस्तरमा कमी नभएको निगमले जानकारी दिएको छ।