काठमाडौँ — लोक सेवा आयोगले अहिलेसम्मकै ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुलाउने तयारी गरिरहेको छ।
लोक सेवाले सहसचिवमा निजामतितर्फ १ सय ९५ र स्वास्थ्यतर्फ ३५ जना र करीब ४ सयको संख्यामा उपसचिवको विज्ञापन खुलाउने तयारी गरेको हो।
आन्तरिक बढुवा र खुला प्रतिस्पर्धा दुवैमा गरेर ६ सयको विज्ञापन खुलाउने लोक सेवाको तयारी रहेको स्रोतले जनाएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बुधवार विज्ञापन खोल्ने आयोगको तयारी रहेको पुष्टि गरे। तर संख्या यकिन नभएको सुवेदीले बताए।