काठमाडौँ – नेपाल राष्ट्र बैंकले दशैँमा साढे नौ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट साटेको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख प्रवक्ता लक्ष्मिप्रपन्न निरौलाका अनुसार गत वर्ष भन्दा यो वर्ष पाँच , १०,२०,५०, र सय रुपैँयाका नोटहरु तीन अर्ब कम साटेको बताएका छन्।
उनले सुकिला नोटलाई प्राथमिकतामा राखेका कारण सटहीका लागि यसपाली कम पैसा बाहिर गएको बताए। उनले भने, ‘बिस्तारै नोट सटहीलाई निरुत्साहित गर्नु पर्छ।’
यस दसैँमा नयाँ नोट छापिएर समयमा नपुग्दा राष्ट्र बैंकले सटही सीमा घटाएको उनको भनाई छ। उनका अनुसार नोटलाई जतन गरौँ भन्दै नयाँ र सुकिला नोटहरु सटही गरिनुका साथै नयाँ नोट कोलकाता बन्दरगाहामै रोकिँदा राष्ट्र बैंकले सुकिला नोटलाई प्राथमिकता दिने नीति लिएको हो।
उनले गत वर्ष सरह यसवर्ष पनि ठूला दरका नोट बाहिर गएका छन्। पाँच सय र हजार दरका नोट ५२ अर्ब रुपैयाँ बराबरको बैंकिङ कार्यालयबाट बजारमा गएको जानकारी दिए। उनले भने ‘तलब भत्ता, अन्य कारोबारका लागि दसैंमा ठूला नोट अरुबेला भन्दा बढी बजारमा जाने र ठूला दरका नोट राष्ट्र बैंक फर्किन २ देखि साढे दुई महिना लाग्ने गरेको छ।’