तेह्रथुम— तेह्रथुम समाज युकेले बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ। धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा उनलाई १ लाख ९७ हजार ८० रूपैया रकम सहयोग गरेको हो।
तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गका, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजका सम्पूर्ण सदस्यहरूले जुटाएको रकम प्रदान गरिएको हो।
तेह्रथुमका प्रतिभाको प्रोत्साहनको लागि प्रदान गरिएको कार्यक्रममासाथै गीतकार मीना सिंगक, कलाकार रेखा फागो, मिस्टर धरान दिनेश सिंगक, न्यानो अभियानका अध्यक्ष तथा युवा व्यबसायी पुर्ण सिंगकको पनि उपस्थित रहेको थियो।
सहयोग पाएपछि उत्साहित बनेका गायक सहयोगका साथसाथै केहरसिंह लिम्बुले संस्था र पदाधिकारीहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। त्यसैगरी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो सहयोगले अत्यन्तै ठुलो सहयोग र ऊर्जा मिलेको छ।’
केहरसिंह लिम्बु तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा पर्ने जिरिखिम्ती बजारका बालगायक हुन्। उनी चर्चित युट्युबर भाग्य न्यौपानेले पहिलोपटक युट्युबमार्फत सार्वजनिक गरेका थिए। लिम्बू पछिल्लो समयमा धेरै कार्यक्रमहरू तथा अन्तर्वार्ताहरूमा व्यस्त रहना थालेका छन्।
गीतकार मीना सिङ्गक गायक केहरसिंहले राम्रो सङ्गीतको ज्ञान समयमै पाएमा झन् उचाई प्राप्त गर्न सक्ने भन्दै सहयोग आएको बताएका छन्। उनले भनिन्, ‘चिनिएको प्रतिभालाई सबैले सकेको हौसला दिनुपर्छ। तेह्रथुम युके समाजले दिएको छ। अरूले पनि सकेको सहयोग गरेमा केहरसिंहलाई साङ्गीतिक क्षेत्रमा धेरै ऊर्जा प्राप्त हुनेछ। जसको फाइदा नेपाली साङ्गीतिक क्षेत्रले लिन सक्छ।’