काठमाडौँ - चिनिया राष्ट्रपती सी जिनपिङले भगवान गौतम बुद्ध नेपालमा नै जन्मिएको बताएका छन्। दुई दिने नेपाल भ्रमणको लागि शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।
‘लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो,’ बौद्ध धर्म चिनको स्थानीय धर्म रहेको स्मरण गर्दै चिनिया राष्ट्रपती सि जिनपिङले भने, ‘अहिले चिन सबैभन्दा बढी बौद्ध धर्मालम्वी भएको मुलुक हो।’
सम्बोधनका क्रममा उनले आगामी दिनमा चिनबाट बढिभन्दा बढि बौद्ध धर्मालम्वीहरु नेपाल भ्रमणका लागि आउने बिश्वास व्यक्त गरे। उनले भने, ‘अब चिनबाट धर्मको आदानप्रदानका लागि पनि पर्यटक आउनेछन्।’
चीनमा सबैभन्दा बढी मानिने धर्म ताओ धर्म हो। त्यसपछिको दोश्रो धर्म भनेको बौद्ध धर्म हो। जसले चीनको आर्थिक विकासमा ठूलो मद्धत पु¥याएको छ।