गुल्मी– गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेको छ। गहना सम्बन्धित व्यक्तिलाई बुझाएको छ। जिल्लाको मालिका गाउँपालिका–८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताएका छन्।
आइतबार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, एकएक वटा तिलरी र सिक्री गरी करिब २ लाख बराबरको गरहगना हराएको थियो।
प्रहरी निरीक्षक चुरामणी पुन सहितको टोलीले गिरी सवार बा ३ ख ८१३३ नम्बरको गाडीमा फेला पारेर गहना सम्बन्धित व्यक्तिलाई नै बुझाएको घलले बताउछन्। प्रहरीले फोला पारेको गरगहना हराएको व्यक्तिको रोहवरमा हस्तातरण गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताएका छन्।
यसैबीच, जिल्लामा केही दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना बढेको भन्ने हल्लामा पनि सत्यता नभएको दाबी गरिएको छ। जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हुने गरेको हल्लाले आमनागरिक त्रसित भइरहेको बेला जिल्ला प्रशासन कार्यालय गुल्मीले हल्लामा सत्यता नभएको बताएको हो।