जनकपुरधाम– जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर यसवर्ष लगभग १६ हजार बोकाको बलि दिइने भएको छ। प्रत्येक वर्ष दसैंको अष्टमी तिथिका दिन प्रसिद्ध राजदेवी मन्दिरमा भाकल गरेका भक्तजनहरूले बोकाको बली दिँदै आएका छन्। बली दिनेहरुको भिड हिजो बाटनै लाग्न थालीसकेको छ।
मन्दिरमा बली चढाउनका लागि नेपालको धनुषा , महोत्तरी , सिराहा , सप्तरी, रौतहट,सर्लाही सहितको स्थानका साथै भारत बिहार राज्यको विभिन्न स्थानहरूबाट समेत भक्तजन आउने गर्दछन्। बलि दिनको लागि अहिलेसम्म सात हजारभन्दा बढी टिकट काटी सकेको र लगभग १६ हजारसम्म टिकट काटिने अध्यक्ष सन्तोष साहले जानकारी दिएका छन्।
उनका अनुसार टिकट काट्ने कार्य अहिले जारी रहेको छ।