काठमाडौं– दसैंमा तरकारीको मूल्य बढेको उपभोक्ताहरुले गुनासो गरेका छन्। दसैंको अष्टमीको दिन काठमाडौंको कालिमाटीमा फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य बढेको प्रतिक्रिया दिएका छन्।
दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य बढाएको पाइएको छ। तरकारीको मूल्य होलसेलमा ह्वात्तै बढेकोले पसलेले पनी तेही अनुसार मूल्य बढाएका छन्। होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ। बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन।
त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ। कालीमाटी होलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा विक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा बिक्री गरिएको छ। विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ।
यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य बढाइएको हो। बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैँ मारमा पर्ने उपभोक्ताको गुनासो छ।