हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीमा आइतबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ। बुहारी घाइते भएकी छीन्। मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन।
उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा घाँस काट्न गएकी लेखमायालाई करेन्ट लागेको थियो।
आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो। घाइते बुहारी रेनुकाको उपचार सामान्य रहेको बताइएको छ।