काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
प्रहरीले संसद सचिवालयकी कर्मचारीलाइ दुर्व्यवहार गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।
निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ।