काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई संरक्षण गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आलोचना गरेका छन्। सभापति देउवाका अनुसार महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्छ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोलदै कांग्रेस सभापति देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको भनेर प्रश्न गरे।
देउवाले त्यस्तो बदमासी गर्ने, अनि उल्टै घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको र त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेको बताए।