विराटनगर –प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले रिस, राग, द्धेष त्यागेर आपसी सद्भाव, माया, भातृत्वको भावना सञ्चार गर्ने नेपालीहरुको साँस्कृतिक पर्व बडा दशैं को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना व्यक्त गरेका छन्।
उनले विज्ञप्ति जारी गरि संस्कृतिले पुरानो समाजलाई वर्तमानसँग जोड्ने काम गर्ने बताएका छन्। ‘बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त हाम्रो मुलुकमा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका विभिन्न जातजाति, भाषाभाषी, समुदाय, भूगोल एवंम् धर्माबलम्वीद्धारा हर्षोल्लासपूर्वक परम्परागतरुपमा मनाउदै आएका विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक र भाषिक विविधता बीच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता, सद्भाव, भातृत्व र मेलमिलाप र पहिचानलाई गाढा बनाउँदै समाजलाई एकताको सुत्रमा बाँध्न महत्वपूर्ण योगदान पु¥याउदै आएका छन भन्ने मेरो विश्वास रहेको छ।
बडा दशैंसँगै हरेक ऋतु परिवर्तनसँगै आइरहने तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय, सामाजिक तथा भाषिक सद्भाव एवंम् सहिष्णुता अझ कसिलो बनाउदै विश्वासकोसाथ अगाडी बड्ने उनले व्यक्त गरेका छन्।