सुनसरी– कोशी व्यारेजबाट हामफालेर कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय एक कर्मचारीले आत्महत्या गरेका छन्।
प्रदेश नम्बर १ को कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा कर्यरत विराटनगर महानगरपालिका ५ जामुनगाछीका राजेश कुमार साहले कोसी व्यारेजको १६ नम्बर ढोका छेउबाट हामफालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ढोका नजिकै रहेको को २२ प ६९६५ नम्बरको मोटरसाईकल लामो समयसम्मा उक्त स्थानमा रहदा संखाको आधारमा प्रहरीले सोधीखोजी गर्द साहले अत्महत्या गरेको खुलेको प्रहरीले बताएको छ। कार्यालयका अनुसार साह १६ नम्बर ढोकाको दक्षिणबाट हामफलेको सिसिटिभि देखीएको छ। शव घोप्टो परेको अवस्थामा फेलापरेको छ।
घटनास्थलमा परिचयपत्र र मेरो मृत्युको कारण अरु नै हो भनेर लेखीएको एक नोट पनि भेटिएको कार्यालयले जनाएको छ।