झापा– झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान-१३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर(७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका थिए।
घाईते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको हो।
घाईते २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।