काठमाडौ–दशैं मान्न राजधानीबाट बाहिरी जिल्लामा जाने यात्रुहरुको चाप अत्यधिक भएसँगै वायुसेवा कम्पनीहरुले उडान संख्या थप गरेका छन्। दशैंलाई लक्षित गरी आपतकालिन अवस्थामा समेत उद्दारका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ।
यात्रुको चापलाई ध्यानमा राख्दै सुरुमा २० र पछि ३० प्रतिशत गरी ५० प्रतिशत उडान थप गरिएको स्रोतले जनाएको छ।
राजधानीबाट दशैं मनाउने विभिन्न जिल्लामा बाहिरिने संख्या बढेसंगै घटस्थापनायता हालसम्म १४ लाख मानिसहरु राजधानी छाडेर बाहिरी जिल्ला पुगिसकेका छन्।
केही वर्षयता हवाई मार्ग भइ बाहिरिने यात्रुहरुको संख्या निकै बढेको छ। सडक मार्गमा अत्यधिक जाम र सुरक्षाका दृष्टिले पनि हवाई यात्रा गर्ने यात्रुहरुलाई सहज भएकाले संख्या निकै बढेको छ।