रोल्पा– रोल्पाको होलेरीमा लामो समयदेखि भुस्याहा कुकुरहरूको आतंक चलिरहेको छ। होलेरी बजारका विभिन्न ठाँउमा भुस्याहा कुकुरहरूले बजारमा आउने मानिसहरुलाई टोक्ने मात्र होइन डिउटिमा रहेका प्रहरीलाई नै टोक्न थालेका छन्।
बजारमा घुम्न आएका गाउँले र डिउटिमा रहेका प्रहरीलाई भुस्याहा कुकुरले टोक्केको थियो। त्यसबेला स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा समस्या परेको थियो।
भुस्याहा कुकुरहरुका कारण बजार आउने जो कोहिलाइ स्वतन्त्र रूपमा हिँडडुल गर्न सहज नभएको स्थानीयको गुनासो छ। स्थानीयको अनुसार रातको समयमाबजारमा हिँड्न र गाउँ घरमा कोही बिरामी भएमा बजारको अस्पताल लैजान अत्यन्त कठिनाइ हुने बताएका छन्।
यति मात्र होइन बजारमा दिन प्रतिदिन भुस्याहा कुकुरहरूको संख्या बढन थालेपछि बजारको बीचमा रहेको शहिदमार्ग हुँदै दैनिक आवत जावत गर्ने सवारी साधनहरुमा समेत बाधा पुग्न थालेको छ।
बजारमा भुस्याहा कुकुरहरूको आतंक नियन्त्रणका लागी प्रशासनसँग स्थानीयले आग्रह नगरेका होइनन् तर अहिलेसम्म त्यसको सम्बोधन हुन सकेको कारण सास्ती भोग्नु परेको छ।