इलाम– नेपालीहरुको महान चाड बडा दशैं तथा दिपावली मा परापूर्व काल देखि नै राख्दै आएको लिङ्गे पिङ हिजो आज हराउदै गएको छ। केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडमा प्राय गाउका विभिन्न ठाउँहरुमा लिङगे पिङ हालिन्थ्यो तर अहिले आएर यो समयमा गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको हो।
अहिले युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिरी देशहरुमा जान थालेसँगै दशैंमा मनोरञ्जन थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो। विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका छन्। गाउँ घरका युवा देखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको ४ र ६ ओटा लिङगा गाडी पिङ बनाउने गरिन्थ्यो।
दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो। अहिले युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिरी देशहरुमा जान थालेसँगै दशैंमा मनोरञ्जन थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो। विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका छन्। गाउँमा युवा पुस्ताको अभावले महान चाड बडा दशैं तिहारमा निर्माण गरि खेल्ने लिङगे पिङको प्रचलन विस्तारै हराउँदै गएको छ।
पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधनहरु धेरै आएकाले खासै पिङतर्फ आकर्षण घटेको बताउछन्। धेरै जसो युवाहरु रोजगारीको लागि प्राय विभिन्न मुलुकमा गएका छन्। पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ। तन्नेरी ठिटा र ठिटीको समेत पिङमा दोहोरी खेल्ने प्रचलन थियो। पिङ बनाउनको लागि बाबियो काटेर ल्याउने, लठारो बाटन र ६ वटा बास गाडन कम्तिमा १२ जना आवश्यक पर्दछ। तर गाउँघरमा फाट्ट फुट्ट भएका युवाहरु पनि व्यावसाय र रोजगारमा ब्यस्त हुनुले पनि लिङगे पिङको संस्कृति लोप हुदै गएको पाइएको छ।