काठमाडौं– आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले फिर्ता गरेका छन्।
महराले प्रयोग गर्दै आएको झण्डावाला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन्। महरालाई संसद सचिवालयले एउटा गाडी उपलव्ध गराएको थियो र उनको सचिवालयले अर्को एउटा गाडी प्रयोग गर्ने गरेको थियो। त्यसै गरि महराले गृह मन्त्रालयबाट अर्को एउटा गाडी औपचारिक कार्यक्रममा जानका लागि प्रयोग गरिरहेका थिए।
संसद सचिवालयको अनुसार बाँकी रहेका दुईवटा गाडी पनि आज फिर्ता आउने जानकारी आएको छ। महराका प्रेस संयोजक डिल्ली मल्लले सभामुखको सुरक्षाका लागि रहेका सेना र प्रहरी समेत फिर्ता गरिएको जानकारी दिएको छ। महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो।
संसद सचिवालयकै एक कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन्। महराले चर्को आलोचना र सत्तारुढ दल नेकपालेसमेत पदबाट राजीनामा दिन उनलाई सुझाव दिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए। तर उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन्।