काठमाडौं — प्रधानमन्त्रीले सरकारी सञ्चारमाध्यमका पत्रकारलाई बालुवाटार बोलाएर दुई घण्टा कुराएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपती सी जिनपिङको भ्रमणबारे जानकारी दिन भन्दै सरकारी निवास बालुवाटार बोलाएका थिए।
प्रधानमन्त्रीको सरकारी सञ्चारमाध्यमसँग भेटघाट भनेर खबर भएपछि गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन र रेडियो नेपालका पत्रकार बिहान १० बजे बालुवाटार पुगेका थिए। तर उनीहरु कुर्दा कुर्दा दिउँसो १२ बज्यो प्रधानमन्त्री अझै आएनन्। १२ बजेर ५ मिनेटमा भेटघाटस्थल पुगेका उनले सरकारी पत्रकारहरुलाई १५ मिनेट ब्रिफिङ्ग सुनाएर हिँडे।
ब्रिफिङ्गमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा चीनसँग मित्रतालाई कसरी बलियो बनउन सकिन्छ भन्ने कुरा नै मुख्य हुने बताए। उनले सीको भ्रमण दशैंको सपिङ्ग गर्ने लिष्ट जस्तो नभएको प्रतिकृया दिएका थिए।
सी पथबारे भएको टिप्पणीप्रति आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले वौद्धिकहरुले अवौद्धिक तर्क गरेको भन्दै कसैको कुरा गर्दैमा बिचार नै अंगाल्ने भन्ने नहुने तर्क गरे। उनले दशैंमा घर जाने आउने यात्रुले गाडीमा भिडभाड देखिएकोले भिडभाड नियन्त्रण हटाउनका लागि निर्देशन दिएको समेत बताए।