भद्रपुर– भद्रपुर नगरपालिका–१० ले वडाभित्रका वृद्धा, असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई दशैँका लागि आज कपडा वितरण गरेको छ।
वडाध्यक्ष टेकबहादुर खड्काले वडाका पाँच सय बढी अति विपन्न परिवारलाई कपडा वितरण गरेको बताए। उनले वडाभित्र स्थापना गरेको कपडा बैंकमार्फत सङ्किलत र नयाँ खरीद गरेर वितरण गरेको बताएका छन्।
उनका अनुसार भेष्ट, पाइन्ट, कुर्ता सलवार, सारीलगायतका हजार थान भन्दा बढी कपडा वितरण गरिएको थियो। (रासस)