बर्दिवास – महोत्तरीमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका १० थापाटोल स्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो।
शवको प्रकृति हेर्दा कसैले बलत्कार गरेर हत्या गरेको हुन सक्ने जस्तो देखिएको महोत्तरी प्रहरीले जनाएको छ। मृतकको मुख बाँधिएको अवस्थामा छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ।