काठमाडौं– संसद सचिवालयले बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम वेवसाइटबाट हटाएको छ।
संघीय संसदको प्रतिनिधिको वेवसाइटबाट महराको नाम हटाइएको हो। महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो।
साइटमा सम्माननीय सभामुख भन्ने कोठाबाट नाम र फोटो हटाइएको हो। डा शिवमाया तुम्बाहम्फेको नाम त्यसभन्दा तल माननीय उपसभामुख भनेर राखिएको छ।
मंगलबार(हिजो) संसद सचिवालयकै एक कर्मचारीमाथि बलतकारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका थिए।