काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि टोखाका ओभरसियर प्रशान्त चौधरीलाई पक्राउ गरेको छ।
टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनको लागि भनी सेवाग्राहीसँग इन्जिनियर चौधरीले घुस मागेका थिए।
अख्तियारको टोलीले चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।