काठमाडौं — सी चीनफिङको भ्रमण तयारीका लागि चिनियाँ जहाज काठमाडौंमा आएको छ। बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।
एयर चाइनाको बोइङ जहाज विमानस्थलमै छ। भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थियो। केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडान फेरि सुचारू भएका छन्।
उक्त जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन्। सी असोजको २६ र २७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन्।