काठमाडौँ – प्रहरीको भ्यान र मोटरसाइकल जुध्दा एकजना युवकको घटनास्थलमै मृत्यु भएको छ। प्रहरी भ्यानमा ठोक्किँदा जनकपुरधाममा मोटरसाइकल यात्रीको मृत्यु भएको हो। भने अर्का एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नं. २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ आनन्दनगर बस्दै आएका १९ वर्षीय मनिष मण्डल रहको छ भने घाइते हुनेमा उनीसँगै मोटरसाइकलमा सवार उनका घरबेटी जनकपुरधामका नजुर अन्सारी रहेका छन्। उनको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान साढे ८ बजे सरसफाई कार्यक्रम समापन गरेर प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यान जाँदै गरेको अवस्थामा अनटेस्ट पल्सर मोटरसाइकलसँग जनकपुरधामको रामचोकमा ठोक्किँदा दुर्घटना भएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।