रूपन्देही– नेपाली कांग्रेसले रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा ताला लगाएको छ। उद्घाटनकै बेला सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला तालाबन्दी गरेको बताइएको छ।
भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिएको कांग्रेसको आरोप छ। नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालका अनुसार विरोधका अन्य कार्यक्रम पनि गर्ने तयारी भइरहेको छ।
उता वडा नं. ७ का वडाध्यक्ष डिलाराम बेल्वासले भने कांग्रेसले लगाएको आराप गलत भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा भेदभाव नभएको उनले दाबी गरेका छन्।
१ करोड ६ लाख ४५ हजार लागतमा बनेको सो भवनराष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले उद्घाटन गरेका थिए। अहिले भवनमा तालाबन्दी लागेको छ।