काठमाडौं — निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाइन्सले आन्तरिक उडानतर्फ ‘आक्रमक’ रुपमा बजार विस्तार गर्न ६ वटा विमान खरिद गर्ने भएको छ।
आक्रमक बजार विस्तार सहित विमान खरिद गर्ने योजना अगाडि सारेको सिम्रिक एयरका बजार व्यवस्थापक प्रज्जवल थापाले जानकारी दिएका छन्।
हाल सिम्रिक एयरले दुईवटा विजक्राफ्ट विमानमार्फत आन्तरिक उडान सेवा प्रदान गर्दै आईरहेको छ। एयरलाइन्सले ३ वटा ‘टंक रुट’मा उडान गर्ने एटिआर र ३ वटा ‘स्टल रुट’मा उडान गर्ने सानो विमान खरिद गर्ने प्रक्रिया सुरु गरेको उनको भनाइ छ।
एयरलाइन्सले पहिलो चरणमा ‘टंक रुट’मा उडान गर्ने विमान खरिद गरेको अवस्थामा टंक रुटमा उडान गर्ने जहाज दोस्रो चरणमा खरिद गर्ने जनाएको छ। अहिले सिम्रिकले पोखरा, भरतपुर र माउन्टेन उडान गर्दै आएको छ।