काठमाडौं — सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा दिएका छन्। संसद सचिवालयमा कार्यरत महिलामाथि आइतवार साझँ यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका हुन्।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाकाे बैठकले महरालाई प्रतिनिधि सभा सदस्य र सभामुख दुवै पदबाट राजिनामा दिन निर्देशन दिएको थियाे। त्यसैले महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताइएकाे छ। सत्ता पक्ष र प्रतिपक्षका शिर्ष नेताहरुले उनलाइ पदबाट राजिनामा दिइ घटनाकाे निष्पक्ष छानविन गर्नमा सहयोग गर्न सुझाव समेत दिएका थिए।
आइतवार साँझ पिडित महिलाको डेरामा रक्सिसमेत लगेर गएका महराले आफूमाथि जबर्जस्तिकरणी गरेको महिलाको आरोप खण्डन गर्दै सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले मंगलाबर विज्ञप्ति जारी गर्दै सबै आरोपहरु झुटा,कपोकल्पित र निराधार रहेको स्पष्ट परेका थिए।