काठमाडौं – एनआइसी एशिया बैंकको दुई नयाँ शाखाहरू काठमाडौंको अनामनगर र चितवनको सौराहामा सञ्चालनमा आएका छन्।
अनामनगर शाखाकोे उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली गरेका थिए। त्यस्तै चितवनको सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका थिए। यी शाखाहरू सोमवारदेखि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
यससँगै बैंकको शाखासञ्जाल ३ सय १ वटा पुगेका छन्। यस्तै ३ सय ३६ एटीएम, ७० वटा एक्स्टेन्सन काउन्टर तथा ४२ वटा शाखा रहित बैंकिङमार्फत कारोबार गरिरहेको छ।